डडेल्धुरा, ७ माघ / डडेल्धुरामा जबरजस्ती करणी मुद्दाका फरार रहेका एक जना आरोपित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६३ वर्षीय नरबहादुर खाती रहेका छन् ।
प्रहरीका अनुसार खातीलाइ जिल्ला अदालत डडेल्धुराले जबरजस्ती करणी मुद्दामा ६० हजार रुपैयाँ जरिबाना तोकेको थियो फरार रहेका खातीलाई सोमबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।