धनगढी , २४ पुस / ७ औं वार्षिकोत्सबको अवसरमा हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था धनगढीले आमाको माया छात्रबास धनगढीलाई एक कार्यक्रमका बीच दैनिक सामग्री वितरण गरेको छ। संस्थाले विगतका दिनहरु झैं सामाजिक कार्यलाई निरंतरता दिदै उक्त कार्यक्रम गरेको हो।
पछिल्लो समय केहि सहकारीहरु संस्थाहरु विवादमा आएको सन्दर्भमा ,शिमशिखर सहकारीमा आम जनसमुदाय बाट विश्वास बढ्दै गएको तथा आफुहरुले विगत भन्दा गुणात्मक सेवाहरुमा अवलम्बन भएको संस्थाका मुख्य प्रवन्धक महेन्द्र शाहिले बताए। सहकारी प्रतिको विश्वसनीयता सधैं कायम राख्नु र सर्वसाधारणहरुको हित्तमा काम उदेश्यका साथ अगाडि बढिरहेको समेत उनले बताए ।
समाज कल्याणका लागी सहकारी संस्थाको प्रमुख भुमिका रहेको सन्दर्भ राख्दै सहकारी अध्यक्ष दुर्गा प्रसाद भण्डारीले आफुहरु बाट सानो सहयोग प्रदान गरेको र आगामी दिनहरुमा समेत प्रत्यक्ष समाज सङ्ग सम्बन्ध राखी सेवा भाव अगाडि बढाउने जनाएक छन।