डडेल्धुरा , २४ पुस / डडेल्धुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीकी दुई बर्ष पाँच महिनाकी छोरी रिया मालीको घर नजिकैको सिँचाइ पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई पोखरीमा डुबेर घाइते भएको अवस्थामा उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
अहिले बालिकाको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।