बाजुरा, २३ पुस / नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति बाजुराले ‘श्रमको सम्मान गरौँ, श्रम शक्ति नै श्रमको शक्ति हो ’ भन्ने मूल नाराका साथ एक दिने अभिमुखि करण कार्यक्रम गरेको छ ।
जिल्लाको बडिमालिका नगरपालिकाको सभा हलमा सन्चालन भएको कार्यक्रममा श्रमिक अधिकार र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकताका दिइएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस बाजुराले जिल्लामा समितिहरू गठन गरी श्रमिकहरूको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
अभिमुखिकरण कार्यक्रम प्रशिक्षण नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डितले श्रमिकहरूले पाउने सेवाका हकमा कसैले पनि हतोसाहित नगर्न समेत आग्रह गरेका थिए । श्रिम आफैमा सक्षम भएकाले यसको स्थापना २००४ सालमा तत्कालीन सभापति ग्रिजाप्रसाद कोईरालाले स्थापना गरेको हो ।
त्यस्तै कार्यक्रममा प्रशिक्षण दिदै नेपाली काँग्रेस बाजुराका उपसभापति पदम बडुवाले श्रमिक सबैको साझा र सक्षम भएकाले आफ्नो जिविकाका लागि सधै श्रम गरेर आफ्ना रोजगारि सिर्जना गर्ने भएकाले सबै श्रमिकले एक ठाउमा उभिन समेत अग्रह गरे ।
कार्यक्रमको अध्यक्षता ट्रेड युनियनका जिल्ला अध्यक्ष चक्र बहादुर थापाले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डित थिए भने विशिष्ट अतिथिमा नेपाली काँग्रेस जिल्ला उपसभापति पदम बहादुर बडुवाल रहेका थिए। कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, उपप्रमुख कमला न्यौपाने लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थिए ।
जिल्लाका सबै पालिकामा समिति गठन गरिसकेको नेपाल ट्रेड युनियन काँग्रेस बाजुराले यो संस्थामा २७ वटा संगठन आवद्ध भएकाले यसलाई , श्रमिक अधिकार, क्षमता विकास, र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ। कार्यक्रमले श्रम र श्रमिकको सम्मानका लागि सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको बिषयलाई जोड दिएको छ।