धनगढी , १८ पुस / बझाङ तलकोट गाउँपालिका धमेना नजिकै जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। चारजना सवार उक्त जीवमा चालक सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र एकजना ५ वर्षीय बालिकाको उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी पठाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले जानकारी दिए।
चालकको समेत घटनास्थलमै मृत्यु भएकाले घटना के कसरी भएको हो यस विषयमा जानकारी भने आउन सकेको छैन। धमेना नजिकै बाट प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको समेत प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिए।
मृत्यु हुनेको नाम र उमेरसमेत खुल्न बाँकी रहेको छ ।