• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हुलाकी राजमार्ग निर्माणमा बजेट अभाव

धनगढी, १८ पुस /  सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माण भइरहेको हुलाकी राजमार्गको बाँकी काम पूरा गर्न बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा हुलाकी राजमार्ग निर्माणका लागि सङ्घीय सरकारले दिएको बजेटमध्ये धेरै गत आवको दायित्व भुक्तानीमै सकिएपछि बजेट अभाव भएको हो । हुलाकी राजमार्गको आयोजना कार्यालय धनगढीका अनुसार चालु आवमा सरकारले ३२ करोड ५० लाख रुपियाँ बजेट पठाएको थियो ।

पठाइएको बजेटमध्ये २० करोड ६५ लाख रुपियाँ गत आवको दायित्व भुक्तानीमै सकिएको छ । बाँकी रकम निर्माण कम्पनीलाई साउनदेखि असोजसम्मको काम गरेबापतको भुक्तानी गर्दा सकिएको जनाइएको छ । “चालु आवका लागि सरकारले पठाएको बजेट सकिएकाले अहिले बजेटको अभाव छ,” हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले भने, “थप बजेट मागका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

उनका अनुसार चालु आवमा बजेट नरहे पनि निर्माण कम्पनीले काम भने रोकेका छैनन् । कैलालीको लम्की–टीकापुर खण्ड, भजनी–धनगढीलगायतमा काम भइरहेको छ । “थप बजेट मागका लागि सडक विभागमा टिप्पणी फाइल पठाएका छौँ,” प्रमुख लामिछानेले भने, “बजेट अभाव भए पनि अहिलेसम्म काम रोकिएको छैन । हेरौँ निर्माण कम्पनीले कतिसम्म गर्छन् । उहाँहरूको पनि आफ्नो लिमिटेसन होला ।” थप बजेट नआए काम पूरा गर्न समस्या हुने उहाँको भनाइ छ । आयोजना कार्यालयका अनुसार चालु आवको हालसम्म निर्माण कम्पनीले २० करोड रुपियाँ बराबरको काम गरिसकेका छन् । त्यो रकम भुक्तानीका लागि आयोजनाको कार्यालयसँग बजेट छैन ।

कैलालीमा विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्कामार्फत हुलाकी राजमार्ग निर्माणको काम भइरहेको छ । कतिपय खण्डको काम पूरा भइसकेको छ भने कतिपय ठाउँको काम अन्तिमतिर पुगेको छ । धनगढीदेखि भजनीसम्म हुलाकी राजमार्ग स्तरोन्नतिको काम चालु आवमै सक्ने आयोजना कार्यालयको लक्ष्य रहेको छ । यो खण्डमा हाल धनगढी उपमहानगरपालिका–१९ र कैलारी गाउँपालिका–४ क्षेत्रमा काम भइरहेको छ । बजेटका कारण समस्या नभएमा धनगढीदेखि भजनीसम्मको स्तरोन्नतिको काम चालु आवभित्रै पूरा हुने प्रमुख लामिछानेले दाबी गरे ।

“अरू क्षेत्रमा पनि भारी प्रगति हुन्छ,” उनले भने, “प्रमुख काम सकिन्छन्, केही ठाउँमा पुल निर्माणलगायतका काम बाँकी रहन सक्छन् ।” हुलाकी राजमार्ग अन्तरर्गत कञ्चनपुरको दोदा नदीमा पुल निर्माण भइरहेको छ । यसै गरी धनगढी उपमहानगरपालिका धनगढी गाउँ र वडा नम्बर १ र २ जोड्ने स्थानमा खोलामा पुल बन्न बाँकी छ । पुलको काम सम्पन्न हुन अझै समय लाग्ने जनाइएको छ । कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको काम चालु आवमै पूरा गर्ने लक्ष्य रहेको छ । सो जिल्लामा जम्मा ४२ किलोमिटर बन्ने राजमार्गको चार÷पाँच किलोमिटरमा निर्माणको काम बाँकी छ । कञ्चनपुरमा सबै काम यसै आवभित्र सक्ने लक्ष्य रहेको प्रमुख लामिछानेले बताए ।

 

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.