धनगढी ,१५ पुस । पुष १५ तथा तमु ल्होसारको अवसरमा सारथी अस्पताल प्रालिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै सारथी अस्पतालका अध्यक्ष बेद प्रकाश जोशीले नियमित रक्तदानले जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले रक्तदानजस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिन सक्ने धारणा व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि दीपक उपाध्याय नेपाल, जो सुदूरपश्चिममा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति हुन्, उनले भने रक्तदान गर्ने कार्य नियमित गर्दा स्वास्थ्यमा पनि फाइदा हुने बताए।
प्रमुख अतिथि प्रादेशिक स्वास्थ्य प्रबन्धन केन्द्र कैलालीका हेमराज खड्काले रक्तदान गर्दा स्वास्थ्यमा कुनै पनि खालको समस्या नहुने बताए। उनले भने” रक्तदान गर्दा केही समस्या हुँदैन, झन् स्वास्थ्यलाई स्वस्थ राख्छ।”
त्यस्तै, अतिथि पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायतका पत्रकार र रक्तदाताहरूको उपस्थिति रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र कैलालीको सहयोग र प्रादेशिक स्वास्थ्य प्रबन्धन केन्द्र कैलालीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए। कार्यक्रमले समाजमा रक्तदानको महत्त्वलाई प्रोत्साहन गर्दै सकारात्मक सन्देश दिन सफल भएको आयोजकले जनाएको छ।