धनगढी, १४ पुस / धनगढीमा सम्पन्न भएको महिला, युवा र बालबालिकामा जलवायु परिवर्तनका असरहरु विषयक संवादबाट १० बुँदे घोषणापत्र जारी भएको छ। रुडुकको आयोजनामा पुस १३ र १४ गते दुई दिन सम्म सञ्चालित उक्त कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा रुडुक नेपालका संस्थापक अध्यक्ष आरजु राणा देउवा, सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह लगायतको टोलीले कार्यक्रमको उद्घाटन गरेका हो ।
रुडुक नेपालको आयोजनामा यहि पौष १३ र १४ गते सुदूरपश्चिमका ९ ओटै जिल्लाका जनसमुदाय तथा स्थानिय जनप्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा संघिय, प्रदेश तथा स्थानिय सरकारका प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय समुदायका प्रतिनिधिहरु, विज्ञहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परिर्वतन तथा वातावरणको क्षेत्रमा काम गर्दै आएका तथा विपत न्युनिकरणको क्षेत्रमा काम गर्दै आएका सुरक्षा कर्मी तथा बिज्ञहरुको प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरीको गोताखोर अग्नी रक्षक तथा अन्य क्षेत्रमा काम गर्दै आएको टोलिले समेत आफ्नो जनशक्ति र उपकरणको प्रस्तुति समाबेश गरेको थियो ।
कार्यक्रममा १० बुदे घोषण पत्र सार्वजनिक
कार्यक्रममा सहभागिहरु लगायत सम्पुर्णको छलफलबाट आज सयुक्त रुपमा १० बुदे घोषण पत्र समेत सार्वजनिक गरिएको छ । घोषणा पत्रमा सुदूरपश्चिम प्रदेश सभाका मुख्यमन्त्री कमल बहादुर शाह र कार्यक्रममा सहभागी रडुकका प्रतिनिधि हरुको सयुक्त हस्ताक्षर रहेको छ ।
बुदाहरु:-
१. जलवायु परिवर्तनको समस्या सँग जुध्दै, जलवायुमैत्री बिकास प्रर्वद्घन गर्न र जलवायु परिर्वतन सम्बन्धि विविध क्षेत्रबाट फाइदा पाउन स्थानीय स्तरमा निम्न विषय केन्दि«त भई, २०२५–०३५ को दशकलाई महिला, बालबालिका तथा युवा दशकको रुपामा प्रदेश सरकारबाट घोषणा गरी निम्न लगायतका कार्यक्रमहरु गर्ने प्रतिबद्घता गरियो ।
–जलवायुमैत्री कृषि प्रविधिको प्रयोग र प्रर्वद्घनका साथसाथै महिला तथा युवाहरुलाई आवश्यक तािलमहरुप्रदान गर्ने
–जलाधारमा रहेको जलस्रोतको आंकलन र यसको दिगो तथा न्यायोचित बाँडफाड गरी जलवायुमैत्री जल सुशासन कायम गर्ने
–विद्यालयमा बालबालिका केन्द्रित व्यवाहारिक जलवायु शिक्षा लागु गर्ने
–बालबालिकाको पोषण, स्वास्थ्य तथा शिक्षा सुनिश्चित गर्ने
–सुरक्षित मातृत्व , प्रजनन स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्य
–महिला सहभागिता र जालवायु परिवर्तन सम्बन्धि लैङ्गिक तथा सामाजिक समावेशीकरण सम्बन्धि कार्यक्रम
–सार्वजनिक र विद्युतिय यातायात प्रर्वद्घन, चार्जिङ्ग स्टेसन स्थापना, पैदल यात्री र साईकलमैत्री सडक पुर्वाधार निर्माण
–फोहोरमैलालाई मोहरमा परिणत गर्ने गरी उधोगहरु स्थापना गरी रोजगारी सिर्जना गर्ने
२-जलवायु परिवर्तनका कारण महिला , बालबालिका , युवा, सिमान्तकृत समुदाय लगायतमा परेको प्रभाव, जोखिम र जलवायु न्याय सम्बन्धि विषयलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा विशेष प्राथमिकताका साथ प्राथमिकिकरण गरिनु पर्ने
३- स्थानीय, प्रादेशिक र संघीय सरकारले कार्यान्वयन गर्ने नियमित बिकास निर्माणका कार्यक्रमहरु लगायत सबै उपलब्ध स्रोतसाधनहरुलाई एकिकृत रुपमा संचालन गरी अघि बढाईनेछ ।
४- नेपालमा जलवायु परिर्वनले पारेको प्रभाव सँग जुध्न र जलवायुमैत्री बिकासका अवसरहरु प्राप्त गर्न अन्तराष्ट्रिय समुदायको सहकार्य र जलवायु बित्तको आवश्यक्ता लाई प्राथमिकता दिईनेछ ।
५-प्रादेशिक र स्थानियस्तरमा जलवायु अनुकूलन योजना, तयार गरि दिगो रुपमा सरकार र बिकास साझेदारहरुसँग सहकार्य गर्ने
६- प्राकृतिक तथा जलवायु परिवर्तनबाट सृजित जोखिम तथा संकटासन्न अवस्थाबाट जनताको ज्यान धनको सुरक्षाका लागि पूर्व सुचना प्रणाली ९भ्बचथि ध्बचलष्लन क्थकतझ ०र विधमान प्रणालीलाई सवलिकरण गर्ने र स्थानिय तहहरुमा आवश्यक नविनतम प्रणाली स्थापना तथा समुदाय स्तरमा विकास गर्ने
७- सामुदायिक वन क्षेत्रहरुमा संरक्षण तथा दिगो व्यवस्थापन कार्यलाई सहयोग गर्दे कार्बन बजारीकरण कार्यमा समुदायहरुलाई आवश्यक सबैे कार्यहरु गर्ने ।
८-हरित अर्थतन्त्रको सिद्घान्त र अभ्यासअनुसार कृषि र वन पैदावरमा आधारित उद्योग व्यवसाय संचालन गर्न चाहने युवाहरुलाई वित्तिय संस्थाहरुबाट सुलभ कर्जा उपलब्ध गराएर निजि क्षेत्रमा समेटेर युवा हरित रोजागार कार्यक्रम संचालन गर्ने
९- प्रादेशिक र स्थानिय नीति निर्माताहरुलाई उपयुक्त नीतिहरु बनाउन आवश्यक समयअनूकुल प्रशिक्षणको व्यवस्था गरी जलवायु अनुकूलन कार्यहरुलाई अघि बढाउने
१०- हामी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको साथै सुदुरपश्चिम प्रदेशमा जलवायु जोखिम र यससँग जुध्ने क्षमता अत्यन्त कम रहेको विषयमा बिशेष छलफल तथा अन्तरक्रिया गरी , जलवायु परिवर्तनका असरबाट धेरै जोखिममा परेका समुदायलाई केन्दित गरी योजना तर्जुमा र कार्यान्वयन गर्न सम्बद्घ निकायहरु बीच समन्वय र सहकार्य गर्ने प्रतिबद्घता गर्दछौँ ।
कार्यक्रमको समापनमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पछिल्लो समय विश्व नै खतरामा रहेको र बैज्ञानिक हरुको बिश्लेषण रहेको र सुदूरपश्चिममा उच्च सतर्कता अपनाउनु पर्ने साथै जलवायु परिवर्तनको क्षेत्रमा आफ्नो क्षेत्रबाट सदैव सहयोग रहने समेत प्रतिबद्दता गरेका छन ।
कार्यक्रम भभ्य रुपमा सम्पन्न गराउनमा सहयोग गर्ने सम्पुर्णमा आभार सहित धन्यवाद दिदै बिपद जन्य घटनाबाट सबैले जोगिन आआफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नु पर्ने र सचेत रहनुपर्ने कार्यक्रमकी सभाध्यक्ष सजनी आमात्यले ब्याक्त गरिन ।