धनगढी,१३ पुस । काठ कटान तथा ओसारपसार मुद्दामा फरार रहेका अछामका ३ जना पक्राउ परेका छन् । अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन् ।
तीनै जनालाई जिल्ला अदालत अछामको फैसलाले काठ कटान तथा ओसारपसार मुद्दामा २२ हजार ४११ जरिवाना ठहर गरेपछि फरार रहेका थिए । फरार रहेका तीनै जनालाई शुक्रवार प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
