• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सकिए तिहारपछिका मेलापात

धनगढी,११ पुस । तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् । धार्मिक परम्परा र यहाँको मौलिक संस्कृतिसँगै गरिने पूजापाठ र मेलापात सकिएका हुन् । नवदुर्गा गाउँपालिका–१, भाडीवन डाँडामा रहेको मस्टा भगवती मन्दिरमा पूजाआजासँगै लागेको मेला यो वर्षको अन्तिम मेला हो ।

सुदूरपश्चिम प्रदेशको मौलिक कला संस्कृति र धार्मिक परम्परा अनुसार पूजापाठ गरेर मनाइने जाँत मस्टा भगवतीको पूजापाठ सोमबार सम्पन्न भएको थियो । प्रत्येक वर्ष पूर्णिमा अर्थात् उग्रतारा भगवती मेला देहीजाँतको ठिक एक महिनापछि हुने मस्टा भगवती र नवदुर्गा जाँत विधिवत् रूपमा पूजापाठ भएसँगै यहाँका मठमन्दिरमा हुने विभिन्न देवीदेवताको मेला सकिन्छ । मेलामा देउडा खेल खेली जाँत सम्पन्न हुने गर्छ ।

मस्टा भगवतीमा प्रत्येक नयाँ वर्ष वैशाख १ गते बिसु जाँत, दसैँका दिन दसैँ जाँत र मुख्य रूपमा लिइने पूर्णिमामा पूजापाठ गरिन्छ । धार्मिक विधिवत् रूपमा यस क्षेत्रका पाँच गाउँबाट बाजागाजासहित धामी काप्दै नेजा ध्वजा लिई चोलो आएपछि भाका बैजाली हुन्छ । नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार न्वाघर, सेटीगाउँ र बजाडी गाउँबाट देउरो आएर पूजा गरिने चलन छ ।

योसँगै सुदूरको संस्कृति छाला नृत्य र देउडा खेल खेल्दै मस्टा भगवतीको जाँत सम्पन्न हुन्छ । परापूर्वकालमा असिनापानीले स्थानीयले लगाएको अन्नबालीसँगै फलफूल नष्ट पारेपछि गाउँ गाउँमा अनिकाल निम्तियो, अनिकालको रोकथामका लागि मस्टा भगवतीमा पूजापाठ गरिएसँगै मस्टा भगवतीमा जाँत गर्ने परम्परा रहिआएको गाउँपालिका अध्यक्ष अवस्थीले बताउनुभयो ।

मस्टा भगवतीमा नयाँ वर्ष बिसु पर्व र दसैँमा बोका राँगाको बलिसमेत दिइन्छ । नवदुर्गा–१, कोटेलीका स्थानीयवासी बोहोरा परिवारले प्रत्येक वर्ष बिसु पर्वका बेला गरिने पूजापाठमा अनिवार्य रूपमा एउटा बोका र एउटा राँगाको बलि दिने प्रचलन छ । उहाँले भन्नुभयो, “अरूहरूले मनोकामना प्राप्तिका लागि भाकल गर्छन् र बोका राँगाको बलि दिने गरेका छन ।” आफूले कुनै वर मागे अनुसार प्राप्त गरिसकेपछि बलि दिने चलन रहेको छ ।

मस्टा भगवतीमा हालसम्मकै विश्वको सबैभन्दा अग्लो भनिएको माता भगवतीको मूर्ति निर्माण गरिएको छ । भगवती माताको वाहन सिंहमाथि आसन गरेको ४५ फिट अग्लो मूर्ति निर्माण गरिएको छ । धार्मिक आस्थासँगै पर्यटन प्रवर्धनका लागि अहिलेसम्म संसारमा सबैभन्दा उचाइ भएको भगवतीको मूर्ति निर्माण गरिएको उहाँको भनाइ छ । मूर्ति निर्माणसँगै मेलालाई व्यवस्थित बनाउन व्यापार व्यवसाय गर्नका लागि अलग अलग स्थान तोकिएको छ ।

असिनापानीले खाद्यान्न बाली नष्ट हुन थालेपछि मस्टा भगवतीको पूजापाठले जोगिएकाले सुदूरपश्चिमलगायत अन्य जिल्ला र सीमा जोडिएका भारतीय जिल्लाबाट समेत श्रद्धालु भक्तजन मस्टा भगवतीमा पुग्ने गरेका छन् ।

नवदुर्गा गाउँपालिका–१ र २ को सिमाना रहेको अग्ला अग्ला सल्लासहित गोला आकारको भिरालो मैदानमा मस्टा भगवती मन्दिर रहेकाले भौगोलिक दृष्किोणमा पनि रमणीय स्थानमा मन्दिर छ । डडेलधुराको अन्तिम जाँत भएकाले पनि मस्टा भगवती मन्दिरको जाँतमा डडेलधुराका अधिकांश स्थानबाट स्थानीय पुग्ने गरेका छन् ।

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.