• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मन्त्री भण्डारी र कोरियन राजदूतबिच टीआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटमा हालै सम्पन्न नेपाल–कोरियाबिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेम वर्क (टीआइपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको हो ।

मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबिच गत हप्ता मात्रै कोरियाको राजधानी सिओलमा टीआइपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टीआइपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

कोरिया सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टीआइपीएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बताइएको छ ।

गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाइ छ । उनले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताए ।

हालै कोरियाको भ्रमण गरी फर्किएका मन्त्री भण्डारीले कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । उनले कोरियन लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताए । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै उनले दुई देशबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको धारण व्यक्त गरे । राजदूत थेयङले टीआइपीएफ सम्झौता कार्यान्वयनका लागि कोरियाको उद्योग मन्त्रालयका तर्फबाट प्रक्रिया थालनीका लागि यथाशीघ्र पहल गरिने बताए ।

बुधबार, पुष १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.