• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा विश्वविद्यालयको विधेयक आगामी अधिवेशनमा पेस गरिने

धनगढी,९ पुस । ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ आगामी हिउँदे अधिवेशनमा पेस गरिने भएको छ । लामो समयदेखि प्रतीक्षित उक्त विधेयक आगामी हिउँदे अधिवेशनको पहिलो बैठकमै पेस गर्ने तयारी गरिएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बताएका छन् ।

उक्त विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भएर हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति विचाराधीन अवस्थामा रहेको छ । सोमबार विश्वविद्यालयको स्थलगत अवलोकन गर्न गेटा पुगेका समितिका सभापति थापाले अगामी हिउँदे अधिवेशनमा नै विधेयक टेबल गर्ने प्रतिबद्धता गरेका हुन ।

‘हिउँदे अधिवेशनमा यो विधेयक टेबल गर्छौ । यो विधेयक अब अर्को सदनमा जाँदैन । हामीले यसको सरसल्लाह गरिसकेका छौ’ उनले भने ‘दीर्घकालीन योजना बनाउने भएकाले केही समय लागेको भए पनि यसमा काम चलिरहेको छ । हामीले प्रतिबद्धता जाहेर गरेका छौ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पहिलो सदनमा विद्यालय शिक्षा विधेयक भन्दा अगाडि जान्छ । आगामी हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सँगै विश्वविद्यालयको विधेयक पेस हुन्छ ।’

उनले विधेयक पास गर्न ढिलाइ भएको रूपमा नलिन पनि आग्रह गरे । ‘भदो अन्तिम तिर हामीकहाँ यो विधेयक आएको हो । यसमा दुई तिन राउन्ड मिटिङ पनि गरिसकेका छौ’ उनले भने ‘यो गाउँपालिकाको ऐन बनाएको जस्तो हुँदैन । सबै प्रक्रिया पुरा गर्न समय लाग्छ ।’ उनले विधेयकको विषयमा यसै महिनाको ११ गते विज्ञहरू सँग छलफल कार्यक्रम राखिएको बताए । त्यसपछि आवश्यक संशोधनका लागि समय दिइने बताउँदै उनले यस क्षेत्रबाट पनि कुनै सुझाव, संशोधन भए छलफल गरेर जानकारी दिन आग्रह गरे ।

उनले एमबिबिएस अध्ययन गराउनको लागि कति शुल्क तोक्ने भन्ने कुरा पनि तोकिने भएकाले त्यसको लागि पनि स्थानीय स्तरमा छलफल गरेर सुझाव दिन आग्रह गरे । उनले विश्वविद्यालय कसरी चलाउन सकिन्छ भन्ने विषयमा रिपोर्ट बनाएर समितिलाई बुझाउन अस्पतालका निर्देशक डा। अशोक श्रीपाइलाई आग्रह गरे ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले विश्वविद्यालय सञ्चालनको लागि भौतिक संरचना तयार भएकाले यसमा मेडिकल कलेज सञ्चालन गर्न ३ सय शय्याको अस्पताल सञ्चालन गरिनुपर्ने बताए । उनले यस क्षेत्रका जनताको सहजै मेडिकल शिक्षा र स्वास्थ्यमा पहुँच पुगोस् भन्ने चाहना रहेको बताए ।

तत्कालीन पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले मोडालिटीमा अब कुनै विवाद नभएकाले सरकारले विधेयक पास गरेर चाँडो काम अगाडि बढाउनु पर्ने बताए । उनले अहिलेको विधेयकमा सुदूरपश्चिमको लागि के भन्ने विषयमा उल्लेख नभएकाले त्यसमा सबैको ध्यान पुग्नुपर्ने बताए । ‘थोरै भए पनि यो क्षेत्रका लागि विधेयकमा रिजर्भेसन दिएको भए अझै राम्रो हुन्थ्यो’ उनले भने ‘हामीले यहाँ अध्ययन गर्न पाएको कोटामा यस प्रदेशको पनि केही कोटा छुट्टाउनु पर्छ । यसमा यो प्रदेशका माननीयज्यूले संशोधन हाल्न लगाउनु पर्छ ।’

स्थलगत अवलोकनका लागि आएको टोलीमा समितिका सदस्य महेन्द्र कुमार राई, ईश्वरी घर्ती, ज्ञानु बस्नेत सुवेदी, राम प्रकाश चौधरीको सहभागी रहेका थिए । अवलोकनका टोली सँगै सुदूरपश्चिम निवर्तमान मुख्यमन्त्री दीर्घ बहादुर सोडारी, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।

समितिका सचिव दशरथ धमलाले विद्यालय शिक्षा विधेयका सन्दर्भमा स्थानीय स्तरमा सुझाव सङ्कलन गर्न सुदूरपश्चिम आएको बेला विश्वविद्यालयको विधेयक पनि विचाराधीन अवस्थामा रहेकाले भौतिक संरचनाको अवस्थाको विषयमा अवलोकन गर्न समिति स्थलगत अवलोकनमा आएको बताए ।

यसैबिच समितिलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले छिटो विश्वविद्यालयको विधेयक संसदमा पेस गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा ३ सय शय्याको अस्पताल सञ्चालन गरी चाँडो सांसदबाट विधेयक पास गराउन माग गरिएको छ । सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदबाट गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरेको थियो ।

 

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.