• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एउटै जग्गा तीन जनालाई बिक्री गरेर शाह फरार

धनगढी,९ पुस । एक एक गरी जोडेको धन अर्कैले खाएर भागेपछि घोडाघोडी नगरपालिका–१, घोडाघोडीगाउँकी राधिका कार्की विक्षिप्त अवस्थामा पुग्नुभएको छ ।

विसं २०७९ मा २३ लाख रुपियाँ खर्चेर किनेको जग्गा विश्वासका भरमा समयमै पास गरेर नलिँदा अहिले उहाँलाई पछुतो भएको छ । राधिकालाई जग्गा बेचेर एक वर्षपहिला रकम बुझिसकेको जग्गा थप अरू दुई जनालाई बेचेर फरार भएकी मीना शाहको अहिले खोजी भइहेको छ ।

मीना र राधिका एकै ठाउँका छिमेकी हुन् । शाहसंग घोडाघोडीमै रहेको एक कट्ठा जमिन २०७९ साल वैशाखमा आफूले किनेको राधिका बताउनुहुन्छ । विभिन्न समयमा किस्ता किस्ता गरे २३ लाख ७६ हजार रुपियाँ बुझाए पनि बैङ्कमा जग्गा भएका कारण दुई वर्ष बित्दासम्म राधिकाको नाममा जग्गा पास भएको थिएन । एकै ठाउँको मान्छे दुःखसुखमा काम लाग्ने भन्दै राधिकाले जग्गाको पूरै रकम बुझाउँदासमेत कुनै लिखत नगरेको बताउनुभयो ।

साना किसान सहकारीमा काम गर्ने मीनाले राधिकालाई बेचेको जग्गा अरूलाई नै बेचेर बेखबर भएपछि राधिकाको होसहवास उडेको छ । राधिका भन्नुहुन्छ, “मैले ठेला व्यवसाय गरेर पाई पाई जोडेको पैसा हो, २९ किस्ता त बैङ्कमा बुझाएको छु । साना छोराछोरी काखमा च्यापेर ठेलामै रात गुजारी कमाएको रकम जग्गामा लगाएँ । मैले विश्वास गरेर कागज पनि गरिनँ ।”

राधिकाका श्रीमान् अटो चलाउनुहुन्छ । राधिकाले घोडाघोडीमै सानो पसल चलाउनुभएको छ । दुःखसुख गरेर ओत लाग्ने घर बनाउने सपना बनाउँदै राधिकाले जग्गामा पैसा लगाउनुभएको थियो । आफूले किनेको जग्गा अरू दुई जनालाई बेचेको खबरसँगै राधिकाको आँखामा आँसुको भेल बगेको छ । रुँदै उहाँ भन्नुहुन्छ, “प्रहरीकहाँ उजुरी गर्न गएको प्रमाण छैन भन्दै निवेदन नै लिएन । आधा रकम नगद दिए । आधा रकम उसको बैङ्कमा भएको ऋण तिर्न किस्ता बुझाएँ । घरजग्गा परिवार सबै भएको मान्छे, यसरी घात होला भन्ने लागेन ।”

मीनाले राधिकालाई बेचेको जग्गा पहलमानपुरका सन्तोषी रोकायालाई बेचेर राजीनामा पास दिइसकेकी रहिछन् । सन्तोषीलाई पास दिनुअघि सोही जग्गा मसुरियाका मीनाकै नाता पर्ने पार्वती कठायतलाई बेचेर पाँच लाख रुपियाँ बैना बुझेको बताइन्छ ।

जग्गाको बैनाका लागि पाँच लाख रुपियाँ बुझाएर मङ्सिरमा जग्गा पास दिने भनेपछि पार्वती दोस्रो पटक जग्गा हेर्न घोडाघोडी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलो पटक आउँदा कसैले केही भनेन । २० लाख रुपियाँमा जग्गा किनबेच सहमति भएको थियो । पाँच लाख रुपियाँ बैना बुझाएँ । दोस्रो पटक जाँदा जग्गा अरूलाई नै बेचेको थाहा पाएँ ।” उहाँले रकम मीनाको बैङ्क खातामा हालेको प्रमाणसहित प्रहरीकहाँ निवेदन दिएको जनाउनुभयो ।

मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.