• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल पर्यटकीय स्थलका रुपमा विकास गरिने

धनगढी,८ पुस । कैलालीको पुरैना ताल २०६४ सालमा मोहना नदीको बाढीले पुरियो। बाढीले ताल पुरेपछि स्थानीयले उक्त क्षेत्र अतिक्रमण गरे। भजनी नगरपालिका–७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पुरानै स्वरुपमा फर्काइदैछ। पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ। स्थानीय खेती गर्दै आएको ताल क्षेत्र पुरानै अवस्थामा फर्काउने काम हुँदैछ। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पुरैना ताललाई एसियाकै ठुलो ताल बनाउन सकिने बताए।

पर्यटकीय क्षेत्रमा ल्याउन सकिने पुरैना ताल लगभग ६ सय बिघा क्षेत्रफलमा फैलिएको छ। एसियाकै सबैभन्दा ठुलो ताल हुन सक्छ। पुरैना ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिने चौधरीले बताए । ताल अतिक्रमण भएको झण्डै १६ वर्षपछि अतिक्रमण हटाएर पुरानै स्वरुपमा फर्काउने प्रयास भएको छ। ताल क्षेत्रको सीमाकंन र नक्सांकन गरेर वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो माटोकै पर्खाल बनाउने काम भएको छ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने उक्त ताल क्षेत्रको पुनःस्थापना गर्ने काम थालिएको छ। पुरैना ताल कैलाली जिल्लाको सबैभन्दा ठुलो ताल हुने सुदूरपश्चिम सरकारको दाबी छ। चौधरीले घजन, घोडाघोडी, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिका क्षेत्रका लागि पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए। अहिले गहिरो तालभन्दा पनि सिमसार बनाउन खोजेको प्रदेश सरकारले बताएको छ।

सिमसारमा बाढीले पनि क्षति कम गर्ने हुन्छ। स्थानीय र पर्यापर्यटनका जानकारहरुका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ। पुरैना भनेको थारु भाषामा कमलको फूल हो। स्थानीय थारु समूदायमा आफ्नो पूजाआजामा त्यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो। विगतमा पुरैना तालको पर्यापर्यटकीय महत्व पनि धेरै थियो। सोही आधारमा प्रदेश सरकारले योजना बनाउदैछ।

सुदूरपश्चिमका पर्यटन मन्त्री चौधरीले पर्यटकीय क्षेत्रहरु र तालहरुको संरक्षण र सुरक्षाको काम थालिएको बताए। पुरैना ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरु बास बस्ने ठाउँ पनि हो। साइबेरिया, रुसबाट आएका चरा बच्चा कोरलेर फर्किने गर्थे। ताल विनास भएपछि बासस्थान खल्बलिएको छ। पुरैना ताल विनास भएका कारण घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरुको संख्या घटिरहेको छ।

सोमबार, पुष ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.