• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

परासनमा स्वस्तिक अस्पतालको निशुल्क स्वास्थ्य शिविर, ८२० जनाले लिए विषेशज्ञ सेवा

धनगढी,६ पुस । ः आँखामा मोटो चस्मा, लौरो टेकेर आएकी ८० वर्षिया दामा बुढा असाध्य खुसी थिईन । आर्थिक अवस्था कमजोर रहेको र जीवनको उत्तरार्धमा रहेको स्वास्थ्यका कारण अस्पताल जान नसकेकी दामाले निशुल्क उपचार पाएपछि यस्तो खुसी ब्यक्त गरेकी हुन । उनले औषधी पनि निशुल्क पाएपछि त खुसीको सीमा थिएन ।

भनिन ‘यस्तो अवस्थामा निशुल्क औषधी दिनेको भलो भई जाओस ।’
दामा बुढा मात्र होईन, निशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा बढी ८६ वर्षका मान बहादुर थापाले पनि निशुल्क उपचार पाए । दमका विरामी रहेका उनलाई विषेशज्ञ चिकित्सकले चेकजाँच गरी औषधी दिएपछि उनको पनि खुसीको सीमा थिएन । ‘दम छ, हिड्दा सास लाग्छ, अस्पताल जान सकिदैन, सामुदायीक बन र अस्पतालले गरेको स्वास्थ्य शिविरले धेरैलाई फाईदा भएको छ, म पनि खुसी छु’ उनले भने ।

शिविरमा सबैभन्दा बढी ८२ वर्षका जेष्ठनागरिक मन्सरा सिह ठकुरीले पनि स्वास्थ्य सेवा लिएकी छन । ढाड कम्मर दुख्ने समस्या लिएर शिविरमा आएकी ठकुरीले भनिन, ‘स्थानीय सरकारले पनि अस्पतालहरुसँग मिलेर यस्तै स्वास्थ्य शिविरहरु गाँउ गाँउमा ल्याई दिनुपर्छ ।’

धनगढीको स्वस्तिक अस्पताल र पुनर्वास नगरपालिकाको वडा नम्बर ८ परासनमा रहेको जनजागरण सामुदायीक बनले सामुदायीक बनकै परिषरमा निशुल्क स्वास्थ्य शिविरको ओाजना गरेको हो । शिविरमा ८ सय २० जनाले सेवा लिएका अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले बताए ।

सामुदायीक वनकै परिषरमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य सिविरमा जनरल फिजिसियन डाक्टर सुनील पाण्डे, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईन्द्र बहादुर शाह शाहु, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर ज्ञान राज अर्याल र प्रसुति तथा स्त्री रोग विशेषज्ञ अन्जना काफ्लेले चेकजाँच गरेका थिए ।

शिविरमा मेडिकल अधिकृत द्धय बन्दना काफ्ले र हरिस जोशी सहित स्वस्तीक अस्पतालको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । स्वस्तीक अस्पताल र सामुदायीक बनले आयोजना गरेको शिविरमा सेवा लिएकी स्थानीय शान्ति तामाङले आफुले गाउँमा विषेशज्ञ सेवा पाएकोमा खुसी ब्यक्त गरिन । ‘गाउँमा धेरै विरामीहरु आर्थिक अवस्था कमजोर भएकाले अस्पतालसम्म पुग्न सक्दैनन, यसरी गाउँमा विषेशज्ञ सेवा पाउदा खुसी लागेको छ’ उनले भनिन ।

शिविरमा अधिकांस जेष्ठ नागरिकहरुले सेवा लिएका अस्पतालले जनाएको छ । निशुल्क शिविरमा सेवा लिएकी परासनकी महामती बिकले पनि अस्पताल र सामुदायीक बनलाई धन्यवाद दिईन । ‘अस्पतालमा जान स्वास्थ्यले साथ दिदैन, गाउँमै डाक्टर आएर औषधी दिए, खुसी भएकी छु’ उनले भनिन ।

सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले शिविरको उद्घाटन गरेका थिए । उनले निशुल्क स्वास्थ्य शिविर माफर्त वन उपभोक्ता समुहका सदस्यले स्वास्थ्य सेवा लिन पाएकोमा खुशी ब्यक्त गरे । यादबले यसपछिका स्वास्थ्य सिविर संचालन गर्न सहकार्य गर्न तयार रहेको बताए । शिविर उद्घाटन समारोहको अध्यक्षता सामुदायीक वनका अध्यक्ष लोक बहादुर कार्कीले गरेका थिए ।

उदघाटन कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले स्वस्तीक अस्पतालले मानव स्वाथ्यका लागि उच्चतम प्रविधि तथा गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो अभियान बनाएको बताए ।

जनजागरण सामुयीक बनमा ४२ सय उपभोक्त छन । सामुदायीक बनले आफ्ना उपभोक्ताहरुलाई थप सेवा दिनका लागि शिविरको आयोजना गरेको अध्यक्ष लोक बहादुर कार्कीले बताए ।

शनिबार, पुष ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.