धनगढी,५ पुस । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले सरकार विघटन र असफल हुने छुट नरहेको बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कोइरालाले भने, ‘काँग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर गठन भएको सरकार किन ढल्छ, सरकारले राम्रो काम गर्नुपर्छ भन्ने हो, सरकारलाई असफल हुने छुट छैन ।’
उनले प्रमुख दुई दल (नेपाली काँग्रेस र एमाले) को सरकारले सुशासन, विकास र जनताका पक्षमा राम्रो काम गर्नुपर्ने बताए ।