धनगढी, ३ मंसिर / नेपाल पत्रकार महासंघ कैलाली शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान सम्मान गरिएको छ । सनराइज टेलिभिजननले आज कार्यालयमा एक कार्यक्रमको अयोजना गरि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको हो।
मङ्सिर २८ गते भएको महासंघको निर्वाचनमा निर्वाचित कैलाली शाखाका पदाधिकारी तथा सदस्यहरुलाई सनराइज टिभी न्युजका अध्यक्ष उत्तम थापाको अध्यक्षतामा सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य दीपकराज उपाध्याय, दिलाजंग शाही, कैलाली शाखा अध्यक्ष श्रवण देउवा, उपाध्यक्ष भोजराज रोस्यारा, भावना जोशी , सचिव तेजराज भट्ट,सह–सचिव शंकर बोहरा, निराजन परियार कोषध्यक्ष सुनिल आउजी , सदस्यहरु बालकृष्ण ओझा,कैलाश जोशी, दिनेशबहादुर बिष्ट, गगन अयडी , वीरेन्द्र शाह, लोकुसिंह ठकुरी, रतनलाल चौधरी ,चन्द्रप्रसाद खनाल, अनिता चौधरी, विवेक नागरी सुदराम दहित, टेक सिंह धामी, जगत जैगडी, लयातका पत्रकाकारहरुको सहभागिता रहेको थियो ।
नवनिर्वाचित कैलाली शाखाका पदाधिकारी तथा सदस्यहरुलाई सनराइज टिभी न्युजका अध्यक्ष उत्तम थापा र कार्यकारी निर्देशक दीप श्रेष्ठले खादामाला र सम्मानपत्र सहित सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ कैलाली शाखाका नवनिर्वाचित अध्यक्ष श्रवण देवाले सनइस टेलिभिजनले गरेको स्वागत र सम्मान अविस्मरणीय रहने बताए । उनले आगामी दिनमा पत्रकार महासंघ कैलाली शाखाबाट हुने सहयोगका लागि आफू तयार रहेको बताए। उनले नवनिर्वाचित कार्यसमिति पूर्ण जोश जागरका साथ पत्रकारहरूको हक हितमा निष्पक्षता सहितको पत्रकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका गरे ।