• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चार वर्षसम्म पनि बनेन पुल

धनगढी,२ पुस । बाजुराको कोल्टी–मार्तडी सडकखण्डमा पर्ने बाउलीखोलामा चार वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल चार वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा अलपत्र अवस्थामा रहेको छ ।

चार वर्षसम्म पनि पुल निर्माण नहुँदा यहाँका नागरिक तथा यातायातका साधन बर्खायाममा रोकिने र हिउँदको समयमा त्यही खोलाबाट कोल्टी जाने गरेको स्थानीय नरबहादुर विकले बताउनुभयो । उहाँका अनुसार बडीमालिका नगरपालिकालगायत पूर्वी उत्तरी क्षेत्रका चार वटा स्थानीय पालिका जोड्ने मुख्य पुल निर्माणको चार वर्ष पुग्यो तर पुल भने बनेको छैन । विकले भन्नुभयो, “पुल निर्माण गर्नका लागि रड बिछ्याइएका थिए । अहिले ती रडसमेत खोलाले पुरिसकेको छ । ठेकेदारको लापर्बाहीका कारण राज्यको लगानी खेर गएको छ ।”

बाउलीखोलामा पुल नबन्दा बर्सेनि खच्चडमा महँगो भाडा तिररे सामान ढुवानी गर्नु परेको छ । अहिलेसम्म सो ठाउँमा पुल नबन्दा यहाँका व्यापारी तथा स्थानीय सर्वसाधारण महँगीको मारमा परेका छन् । पुलको निर्माण प्रगति चार वर्षसम्म आइपुग्दा पाँच प्रतिशत पनि भएको छैन । पुल बनाउनका लागि टिडिआर जुगल कौशिक जेभीसंग पाँच करोड ५८ लाख ८८ हजार २७० रुपियाँमा सम्झौता भएको सडक डिभिजन कार्यालय अछामका प्रमुख नेत्र देवकोटाले बताउनुभयो । पटक पटक ठेकेदार कम्पनीलाई ताकिता गर्दा पनि सुनुवाइ नहुँदा पनि सोही कम्पनीलाई फेरि आर्थिक वर्ष २०८१र८२ फागुनभित्र काम पूरा गर्ने गरेर म्याद थप गरिएको छ ।

प्रमुख देवकोटाले भन्नुभयो, “अहिलेको ठेक्का कम्पनी खारेज गर्ने हो भने धेरै समय लाग्ने भएका कारण टिडिआर जुगल कौशिक जेभीलाई नै काम गर्ने गरेर जिम्मेवारी दिइएको हो ।” बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार अहिले बाजुराका सबै निर्माणाधीन पुलका ठेकेदार कम्पनीको खोजी भइरहेको छ । काम गरिरहेका निर्माण कम्पनीलाई छिटो काम गर्न र सम्पर्कविहीन रहेकालाई कालो सूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.