दाङ: दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा शिवराज नगरपालिका–३ की ४२ वर्षीया प्रिथी थारु र ६० वर्षीया फुलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए ।
दुर्घटनामा अरू १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।