धनगढी २८ मङ्सिर/ सुदूरपश्चिम सरकारका निवर्तमान भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले धनगढी उपनगरपालिका ४ भित्र सञ्चालनमा रहेका योजनाहरूको अनुगमन गरेका छन्। देउवाले धनगढी ४ उत्तरबेहडीमा रहेको राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयको शैक्षिक भवन शिलान्यास र अन्य त्यहीँ आसपासका निर्माणाधीन योजनाहरूको अनुगमन गरेको वडा नंं ४ का अध्यक्ष बुद्धि बहादुर खड्काले जानकारी दिए।।
विद्यालयको नयाँ भवनको शिलन्यास गर्दै देउवाले आगामी दिनमा पनि आफूले सक्ने र सरकारको बजेटले भ्याउने योजनाहरूमा लागिरहने साथै यहाँहरूले सदैव यस्तै साथ सहयोग गरी राखे यो आफ्नो निर्वाचन क्षेत्र समेत भएकाले यो क्षेत्रको विकासका लागि पछाडि नहट्ने दाबी गरेका छन्।
वडा अध्यक्ष बुद्धिबहादुर खड्काका अनुसार देउवाले शिलन्यासपछि ६ लेनदेखिको यातायात कार्यालयसम्म पुग्ने सडक, टेम्पल रिसोर्टदेखि तुलसी चोकसम्म पुग्ने सडकको र तारानगरमा रहेको काठे पुलको अनुगमन गरेको र छिटोभन्दा छिटो चालु योजनालाई पूरा गर्न निर्देशन दिनुका साथै योजना नपरेको ठाउँमा आगामी आर्थिक वर्षमा पहल गर्ने समेत बताएको जानकारी दिए।