• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कालोपत्रेको पर्खाइमा ग्रामीण सडक

धनगढी,२४ मंसिर । बाजुराका नौ वटै स्थानीय तहमा रहेका यहाँका प्रत्येक गाउँबस्तीका ग्रामीण सडक कालोपत्रे गर्नका लागि उपयुक्त भएका छन् । यद्यपि कालोपत्रे कुन तहको सरकारले गर्ने टुङ्गो लागेको छैन । पछिल्लो समय स्थानीय सरकारले यहाँका स्थानीयको माग अनुसार धमाधम गाउँमा सडक पुर्‍याउने काम गरे पनि अहिले ती सडक स्तरोन्नति गर्ने काम गरेका छैनन् ।

यहाँका स्थानीयलाई यी सडकले दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि केही सहज बनाए पनि कालोपत्रे नहुँदा भने बर्खाको समय यहाँका स्थानीयलाई आउजाउमा सास्ती हुने गरेको छ । यद्यपि हिउँदका महिनामा भने केही सहज हुने गरेको छ ।

यहाँका अधिकांश युवा काम गर्न भारतमा जान्छन् । उनीहरू त्यहाँबाट पैसा कमाएर घरपरिवारका लागि लुगाकपडा ल्याउने गर्दछन् । पहिला गाउँमा सडक नहुँदा ती सामान उनीहरूले भरियामार्फत घरमा ल्याउने गर्थे । पछिल्लो समय यहाँका अधिकांश गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै अहिले उनीहरू गाडीमा सामान राखेर घरमै ल्याउने गर्छन् ।

गाउँमा पुगेका यहाँका कच्ची ग्रामीण सडकले यहाँका स्थानीयलाई हिउँदमा केही सहज हुने गरेको भए पनि बर्खाको समय आउजाउमा सास्ती नै खेप्नु परेको छ । बर्खाका बेला पानी परेका बेलामा यहाँका सडक भत्किने गर्दछन् । त्यसपछि यहाँका स्थानीयलाई घरदेखि बजार र बजारदेखि घरमा आउजाउ गर्नसमेत समस्या हुने गर्दछ ।

पछिल्लो समय यहाँका नौ वटै स्थानीय तहका सबै वडा ग्रामीण सडकको पहुँचमा भए पनि अहिले ती सडकमा अब कहिले कालोपत्रेको हुन्छ होला भन्ने चर्चा गाउँघरमा हुन थालेको छ । सडक नहुँदा सामान पिठिउँमा बोकेर ल्याउनु पथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि ती सामान गाडीमा ल्याउने गरेका छौँ । हिउँदको महिनामा गाउँमा पुगेको यी कच्ची सडकले केही सहज बनाए पनि कालोपत्रे नहुँदा बर्खाको समय गाडी पाउनु त के पैदल हिँड्नसमेत निकै समस्या हुने गरेको खप्तडछेडेदह–२ का रामपति रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले गाउँमा सडक पुगे पनि गाडी भने कहिले आउने कहिले नआउने गर्दछन् । कच्ची सडकमा ज्यानको जोखिम राखेर गाडी चलाउनुपर्ने भएकाले सायद ती गाडी कहिले आउने कहिले नआउने गरेका होलान् ।”

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तडछेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती पछिल्लो समय कच्ची सडकको पहुँचमा रहेका छन् । यी सडकमा बर्खाको समय गाडी नगुडे पनि हिउँदका केही दिनमा भने छोटा दुरीका सवारीसाधन चल्ने गर्दछन् ।

यहाँका पुराना पुस्ताले पहिला खच्चड, भेडा र घोडाबाट गाउँमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका थिए । अहिलेका नयाँ पुस्ताले भने हिउँदको महिना केही दिन भए पनि ती सामग्री गाडीमै घरमा ल्याउने गरेका छन् ।

यहाँका स्थानीय सरकारले पहिला गाउँबस्तीमा धमाधम कच्ची सडक निर्माण गर्ने गरे पनि अहिलेसम्म भने ती सडकको स्तरोन्नति गर्ने काम भने गरेका छैन् । खप्तडछेडेदह गाउँपालिका–६ मा रहेको कच्ची सडकलाई यो वर्ष कालोपत्रे गरिने भएको छ भने यहाँका अन्य वडामा पुगेका सडक कालोपत्रे गर्ने चरणमा रहेको खप्तडछेडेदह गाउँपालिकाले जनाएको छ ।

पहिला जसरी गाउँमा कच्ची सडक पुर्‍याउने काम गरेका थियौँ, अहिले त्यसै गरी ती गाउँमा पुगेका कच्ची सडकको स्तरोन्नति गर्ने योजना रहेको खप्तडछेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताउनभुयो ।

सोमबार, मङि्सर २४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.