बाजुरा , २४ मंसिर / जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आइतबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जीपमा सवार भएका १३ जना मध्ये सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार कच्ची सडकका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको बताए । दुर्घटनामा परी हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत,२२ वर्षीय मानबहादुर बुढा,२८ वर्षीय जंगबहादुर रोकाया,४० वर्षीय जनक रावत रहेको प्रहरी निरिक्षक बोहराले बताएका छन् ।
यसैगरी घाईते हुनेमा सोही गाउँपालिका–६ का महेन्द्र्र रावत,३० वर्षीय बमबहादुर रावत,र ४६ वर्षीय कलबहादुर रावत रहेको प्रहरी निरिक्षक बोहराको भनाई रहेको छ ।
एभरेष्ट कम्पनीको इन्टरनेट जडान गर्नका लागि जीपमा १३ जना सवार मध्ये घाइते भएका हुन् ।
जीपमा सवार अन्य ६ जना सकुशल रहेका छन् । घाइते भएकालाई कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
