धनगढी,२१ मंसिर । कैलालीको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ। मुखको क्यान्सरबाट पीडित गिरीको उपचारका क्रममा दोदोधरा अस्पताल, बौनियामा निधन भएको हो।
नेपाली कांग्रेसबाट निर्वाचित गिरीले वडाध्यक्षका रूपमा २०७४ र २०७९ को निर्वाचन जितेका थिए। उनका श्रीमती, दुई छोरा, र एक छोरी छन्। नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको अन्त्येष्टि शनिबार फलेबिसौनामा गरिने जानकारी नेता देवानन्द जैशीले दिएका छन्।