धनगढी, १८ मंसिर / सुदूरपश्चिम सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी मन्त्रालयको क्वाटर (अवास गृह) मा नबसेरै आफ्नो घर टीकापुरबाट ओहोर दोहोर गर्दै आउनु भएको छ । मन्त्रालयको क्वाटरमा नबसेर दैनिक १ सय १० किलो मिटरको दुरीमा यात्रा गरेर मन्त्रालयमा आइरहेका उनका स्वकीय सचिव नविन थापाले जानकारी दिए ।
मन्त्रीलाई मन्त्रालयको क्वाटरमा बस्न असहजता हुने र किट्नीका बिरामी समेत भएकाले दैनिक आफ्नै घरमा जाने गरेको स्वकिय सचिव थापाले बताए ।
यता मन्त्रीले भने मन्त्रालयको क्वाटरमा बस्न आफ्नो लागि उपयुक्त वातावरण नभएको र साथै क्वाटर केहीँ मर्मत गर्न बाँकी रहेको हुनाले आफु नबसेको बताए । मन्त्रीकोलागि उपयुक्त नभएको मन्त्रालयको सोही क्वाटरमा मन्त्रालयका स्वकिय सचिव , ड्राइभर , कार्यालय सहयागी भने बस्दै आइरहेका छन् ।
मन्त्री चौधरीले क्वाटर भएर पनि क्वाटरमा नबसेर दैनिक टीकापुरबाट ओहोर दोहोर गर्दा फजुलमा इन्धन खर्च भैरहेको भनि आम नागरिकले आलोचना समेत गरिरहेका छन् ।