धनगढी, १६ मंसिर/ कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन । शनिबार राती भीमदत्त नगरपालिका – ८ तिलाचौर का ४८ वर्षीय नरेन्द्र सिंह बिष्टले आफ्नै श्रीमती ३० वर्षीय ज्योती बिष्टलाई घाँटीमा हँसिया प्रहार गरी हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले श्रीमतीको हत्या गर्ने बिष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।