धनगढी, १३ मंसिर/कैलालीमा खैरो हिरोइनसहित ३ जना पक्राउ परेका छन् । बिहीबार साँझ टीकापुर नगरपालिका-३ शंकरपुर बस्ने २१ वर्षका किसन विक र २९ वर्षका लक्ष्मीप्रासाद चौलागाई पक्राउ परेका हुन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका-३ मोरीयाघाटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा १४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, बिहीबार राति टीकापुर-३ रामपुरस्थित सडक छेउमा लागुऔषध ९खैरो हिरोइन० सेवन गरिरहेको अवस्थामा जानकी गाउँपालिका(७ बस्ने १९ वर्षका शंकर चौधरीलाई पक्राउ गरिएको छ ।
उनलाई लागुऔषध ओसारपसार तथा विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुबाट खटिएको टोलीले १ ग्राम ७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।