धनगढी २६ कार्तिक । कैलालीको चुरे गाउँपालिकाकी उपाध्यक्ष धना थापाले चुरे क्षेत्रको कृषि व्यवसायलाई विशेष प्याकेजको आवश्यकता रहेको बताएकी छन्। उनले कांग्रेस सभापति शेर बहादुर देउवालाई यस क्षेत्रमा सुन्तला, कोदो, अदुवा, र आर्गनिक दालको उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरेकि हुन् ।
थापाले चुरे क्षेत्रले सुन्तला लगायतका कृषि उत्पादनबाट बार्षिक करोडौं आम्दानी गरिरहेको बताएकि छिन् । सरकारी सहयोग पाएमा चुरे क्षेत्रको विकासलाई ठूलो टेवा पुर्याउने उनले बताईन् । यस्तै चुरे ३ का अध्यक्ष खगेन्द्र कठायतले पहाडी क्षेत्रबाट तराई जाने सडकको मर्मत आवश्यक भएको बताए। देउवाले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्ने बताएका छन् ।
