जनक बोहरा, बाजुरा, कार्तिक २५ गते : बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमालि गाउपालिका वडा५ कि २२ वर्षीया प्रेमकला रोकायाको जिल्लाअस्पताल बाजुरा वाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
प्रेमकलाले कार्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले जिल्ला अस्पतालमा पुगाएका थिए । उनले जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा जन्माएको जिल्ला अस्पताल बाजुराका प्रमुख चन्द्र शेखर यादवले बताएका छन् ।
उहाँले दिएको जानकारी अनुसार दुई दिन देखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराका प्रमुख यादवले बताएका थिए ।
स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।