धनगढी,२३ कार्तिक ।कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–६ बञ्जरियाबाट सोही ठाउँका ३६ वर्षीय दिलबहादुर चौधरी पक्राउ परेका हुन् ।
उनलाई ३५० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
