धनगढी२२ कार्तिक । जिल्ला अस्पताल बाजुरामा दुई महिना देखी अक्सिजन अभाव भएको छ ।जिल्ला अस्पताल बाजुरामा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएपछि २ महिना देखी अक्सिजन अभाव भएको सूचना अधिकारी ले बताएका छन् ।
उहाँले दिएको जानकारी अनुसार प्लान्टमा खराबी आएपछि जिल्ला अस्पताल बाजुरामा रहका अक्सिजन सिलिन्डरहरू रित्तिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । एक महिना देखी अक्सिजन प्लान्ट बन्द भएको र हाल जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरूका लागि बयापाटाबाट ल्याउनुपर्ने बाध्यता रहेको सूचना अधिकारी गिरीले बताए ।
दुई महिना अगाडी बिग्रीएको मेसिन मर्मत पछि केही दिन सचालनमा आएको भए पनि फेरी प्लान्टमा खराबी आएकोले हाल जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको उनले बताए । प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पार्टपुर्जा नेपालमा नपाइने भएकोले चीनबाट मगाएको छ अबको एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर सञ्चालनमा आउँछ सूचना अधिकारी गिरीको भनाई रहेको छ ।
चीनबाट सामग्री ल्याउनुपर्दा मर्मतमा ढिलाइ भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका बिरामीहरूका लागि भने पाइपबाटै सिधै दिन मिल्ने र एम्बुलेन्स सहित रेफर गरिने बिरामीहरूका लागि समस्या हुने गरेको सूचना अधिकारी गिरीले बताए ।