अत्तरिया – गोदावरी नगरपालिका-१ अत्तरियास्थित धनगढी रोडमा बुधबार बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। चुरे गाउँपालिका-१ का ३० वर्षीय नरेश बम गम्भीर घाइते भइ उपचारका लागि भारतको सितारगञ्ज रिफर गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, सडक क्रस गर्ने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते अर्का चुरे-१ निवासी २९ वर्षीय नवीन बमको उपचार पद्मा अस्पतालमा भइरहेको छ।
प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार, दुर्घटनापछि फरार रहेका बस चालक दीपक डँगौरा आफै सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको छ। घाइते दुवै जना चुरे गाउँपालिकाको मोटरसाइकलमा सवार रहेको जानकारी दिइएको छ।