बाजुरा १२ कार्तिक/बाजुरा ४४ औं विश्व खाद्य दिवस सोमबार मनाईएको छ । विश्व खाद्य दिवसको अवसरमामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु बीच खुला निबन्ध प्रतियोगिता समेत संचालन गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुरा र बडीमालिका नगरपालिका कृषि शाखाको संयुक्त आयोजना र विभिन्न गैर सरकारी संस्थाहरुको सहयोगमा उक्त दिवस मनाइएको कृषि ज्ञान केन्द्र बाजुरा नि पमुख भुमिराज पाध्याले बताएका छन ।
विश्व खाद्य दिवसका अवसरमा निबन्ध प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत चार जना सहभागी भएका थिए । निबन्ध प्रतियोगितामा “सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार” भन्ने शिर्षक दिइएको थियो । निबन्ध प्रतियोगितामा ५० पुर्णाङ्कमा मुल्याङकनका आधारमा प्रतियोगिता गरिएको हो ।
निबन्ध प्रतियोगितामा बुढीनन्दा नगरपालिकाको जनप्रकाश माध्यमिक विद्यालयका मार्सल देवकोटा प्रथम ,बुढीगंगा नगरपालिकाको भानोदय माविका संवेग थापा र स्वामीकार्तिक खापर गाउँपालिकाको शम्भु सुनन्दा माध्यमिक निशान्त जोशी तृतिय भएका छन् । निवन्ध प्रतियोगितामा प्रथम तीन हजार,द्धितियलाई दुई हजार पाँच सय र तृतिय हुनेलाई दुई हजार सहित प्रमाणपत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताउनु भएको छ ।
उनले दि एको जान्कारी अनुसार ९ वटै पालिकालाई उक्त प्रतियोगितामा सहभागिताका लागि खबर गरेको भएपनि विद्यालय बन्दका कारण विद्यार्थीहरु सहभागिता जनाउन नसकेको बताए । “सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार” भन्ने नाराका साथ ४४ औं विश्व खाद्य दिवस मनाइएको छ । हरेक वर्ष अक्टोबर १६ तारिकमा मनाइदै आएको भएपनि यो वर्ष दशै तिहारका कारण मन्त्रालयबाट अक्टोबर महिनाभरी मनाउन परिपत्र गरिएको थियो ।
जिल्लाका हरेक सरकारी तथा गैर सरकारी संस्थालहरुले गर्ने दिवस तथा कार्यक्रममा रैथाने बालीको उत्पादनलाई जोड दिन उक्त बालीको परिकार खुवाउने गरिएको छ । जिल्लामा रैथाने बालीको प्रवद्र्धन र उत्पादनलाई बढवा दिने गरी हरेक कार्यक्रममा स्थानीय परिकार खुवाउने गरिएको हो ।
