बाजुरा १० कार्तिक/ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग परीक्षण केन्द्र उपशाखा मार्तडी बाजुराले दोस्रो वार्षिकोत्सव तथा स्नेह,मिलन,शुभदिपवाली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
शनिवार सदरमुकाम मार्तडीमा रहेको बडी मालिका नगरपालिकाको सभा हलमा यस ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग परीक्षण केन्द्र उपशाखा मार्तडी बाजुराले अलौकिक दोस्रो वार्षिकोत्सव सँगै शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सबैमा सुख,शान्तिका साथ शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एक औपचारिक कार्यक्रमका बिच सञ्चालन भएको दोस्रो वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय उपशाखा मार्तडी बाजुराले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
यस ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालये आपसी सद्भाव,प्रेम,नैतिकता,एवम् विश्व शान्तिका लागी सबैको सहयोग तथा स्नेहद्वारा मूल्यनिष्ठ कार्यक्रमहरू गर्दै आइरहेको छ । विश्वमा सुख शान्ति छाओस् भन्ने उद्देश्यका साथ शुभदिपावली तथा छठ पर्वको अवसरमा यस केन्द्रले दोस्रो वार्षिकोत्सव सँगै शुभकामना आदानप्रदान समारोह कार्यक्रमको आयोजना गरेको छ । शनिवार उपशाखा मार्तडी बाजुराले सबैमा सुख,शान्ति सँगै आपसी सद्भाव,कायम गर्न उक्त कार्यक्रमको आयोजना गरेको हो । मानव सेवामा जीवन सँग जोडिएको कथा सँग मनोबल बढाउन धर्म सेवामा ब्रहमाकुमारिहरू जोडिएका हुन्छन्। आध्यात्मिक ज्ञानको गहन अध्ययन, राजयोग ध्यान अभ्यास र आत्म रूपान्तरणको लागि एक स्वशासित, स्वायत्त र आत्मनिर्भर सङ्गठनको रूपमा यसलाई लिन सकिन्छ ।
ईश्वरीय ज्ञानद्वारा अनेक नर—नारीहरू सच्चा मनको शान्ति आत्मिक उन्नति,समाजमा व्याप्त विकृति कुसंस्कार र नारीप्रतिको विभेद, आन्तरिक सुन्दरताको साथै आन्तरिक शक्तिले जीवन सजाउने प्रेरणा मिल्ने गरेको पाइन्छ । कार्यक्रम बोल्दै ईश्वरीय सेवामा समर्पित ब्रह्माकुमारीहरूले शुभदिपावलिले सबैको घरमा शुख शान्ति छाओस्,ओठमा हाँसो मुखमा मुस्कान छरिओस् भन्दै शुभकामना सन्देश दिनु भएको थियो ।
ब्रह्माकुमारी हिरा देवी को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम प्रमुख अतिथि बड मालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापा रहनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या विशिष्ट अतिथि रहनु भएको थियो। त्यस्तै कार्यक्रममा बड मालिका नगरपालिका वडा न ७ बडा अध्यक्ष धर्मराज पाध्या, बडा नम्बर ९ का वडा अध्यक्ष सुर्यकिरण विक, बडी मालिका नगरपालिकाकी पुर्व उपप्रमुख कबिता बिस्ट, लगाएतको उपस्थित रहेको थियो। कार्यक्रमको सञ्चालन कबिता कठाएतले गर्नु भएको थियो ।