धनगढी, १ कार्तिक/ कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद गरिएको छ । प्रहरीका अनुसार बिहीबार जिल्लाको कैलारी गाउँपालिका ८ लौँसाबाट भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख ८७ हजार बराबरको चिनी र गाडी बरामद गरिएको हो ।
सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले बरामद गरेको जनाएको छ । बरामद चिनी र गाडी कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।