बाजुरा,२२ असाेज : त्रिवेणी नगरपालिका वडा नम्बर ६ को आयोजनामा दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले गरेका हुन्।
नगर प्रमुख थापाले त्रिवेणी नगरपालिकाले हरेक वर्ष दशै तिहारको विशेष समयमा खेलकुदका गतिविधि सञ्चालन गर्दै खेलाडीहरूलाई प्रोत्साहन गरिरहेको जानकारी दिए। यस वर्ष भने खेलकुद मार्फत खेलाडीहरूलाई उत्पादनमुखी बनाउने मुख्य उद्देश्य रहेको उनले उल्लेख गरे।
कार्यक्रमको अध्यक्षता त्रिवेणी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पारस बुढाले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख कर्ण बहादुर थापा रहेका थिए। विशिष्ट अतिथिको रूपमा नेकपा एमाले जिल्ला समिति सदस्य मोतिफसिंह बुढा, माओवादी नेता दान बहादुर बुढा, कांग्रेस वडा सभापति केशव बुढा, मष्टेश्वरी माविका प्रधानाध्यापक जनक राउत, बडिमालिका माविका प्रधानाध्यापक हिमाल खड्का, र फूलपाटा माविका प्रधानाध्यापक गणेश साउदको उपस्थिति थियो।
कार्यक्रम सञ्चालन वडा सचिव समीर जोशीले गरेका थिए भने कार्यक्रमको सम्पूर्ण जानकारी नगर प्रमुखका स्वकीय सचिव खेमराज गिरिले दिएका हुन्।