जनक बोहरा
बाजुरा २१ असोज/जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई दसैँ तिहार कोसेली स्वरूप खसी उपहार दिइएको छ । त्रिवेणी नगरपालिका ले प्रत्येक वर्ष दसैँ तिहारमा कैदीबन्दीहरुलाई पर्व विशेष उपहार दिँदै आएको छन् । यो वर्षको दसैँ तिहारको अवसर पारि खसी उपहार दिएको त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् ।
त्रिवेणि नगरपालिका ले गत वर्षमा पनि दसैँमा खसी दिँदै आएकाले यो वर्ष पनि दसैँ तिहारको अवसरमा उपहार स्वरूप खसी दिएको बताएका छन् ।जेलको जीवन जे जस्तो भएपनी दसैँ तिहार राम्रो होस भन्दै शुभकामना आदान प्रदान समेत गरेका छन् । थापाले भने सवै आवश्यकताहरू परिपूर्ति गर्न नसकिए पनि दसैँ सबै लाई मनाउन रहर हुन्छ त्यसैले धेरै ठुला दिन नसके पनि हाम्रो पालिका वाट सहयोग सुरूप खसी उपहार दिएका छौ ।
त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले हस्तान्तरण गर्नु भएको कार्यक्रम मा त्रिवेणी नगरपालिका वडा न ३ वडा अध्यक्ष मीन ब भण्डारी , बडा न ७ वडा अध्यक्ष जुद्ध अएडि बडा न ९ का वडा अध्यक्ष नन्द ब थापा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य खडक अएडि ,नेपाल विद्यार्थी संघका केन्दिय सदस्य भरत बुढा नगर प्रमुख स्वकीय सचिव खेमराज गिरि लगायत को उपस्थित रहेका थिए ।