धनगढी १९ असोज/सिर्जनशील गडसेरी समाजको छैठौं वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार धनगढीमा सम्पन्न भएको छ । डोटो गडसेरमामा पुर्खेउली मुल घर भएको समाजको आयोजित कार्यक्रममा समाजका अध्यक्ष भोजबहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा सुुदुरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम प्रमुख अतिथी रहेका थिए । यस्तै बिशिस्ट अतिथीमा सुदुरपस्चिम प्रज्ञा प्रतिस्ठानका उपकुलपती डा. टि. एन. जोशी रहेका थिए ।
समाजका उपाध्यक्ष नेत्रराज ओझाले स्वागत मन्तब्य गरेको वार्षिक साधारण सभा तथा शुभकामना कार्यक्रममा कोषाध्यक्ष पद्मा भण्डारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सचिवको प्रतिबेदन लेखराज ओझाले प्रस्तुत गरेका थिए । पुख्र्यौली घर डोटीको गडसेरा भई हाल कैलालीका विभिन्न स्थानमा बसोबास गरिरहेका गडसेरीहरु बिच भेटघाटसँगै दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
सिर्जनशील गडसेरी समाजले हरेक बर्ष बिभिन्न रचनात्मक कृयाकलाप सँगै गडसेरी गडसेरीबिच भेटघाट, सहयोग र संस्कृती जर्गेनाको लागी शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको समाजले जनाएको छ । गडसेरी माइला, प्रेमराज भण्डारी,नेत्र खडायत, अनिता रावल, कौशल्या ओझा, श्याम बहादुर बिस्टले आ आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले सृजनशिल गडसेरी समाजलाई थप चलायमान बनाउनुपर्ने बताउँदै युवापुस्ता यस समाजमा जोड्न आग्रह गरेका थिए ।
वार्षिक साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा ऐश्वर्य बिद्या निकेतनका प्राचार्य प्रेमनिधी ओझालाई सम्मान गरिएको छ । ओझालाई गडसेरी समाजको उन्नती प्रगती र बिकासमा अमुल्य योगदान दिएको भन्दै गडसेरी समाजका अध्यक्ष भोज बहादुर शाह, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम तथा समाजका सचिव लेखराज ओझाले सम्मान गरेका हुन् ।
कार्यक्रम सञ्चालन समाजका सचिव ओझाले नै गरेका थिए । पुख्र्यौली घर डोटीको गडसेरा भई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका गडसेरीहरुको उपस्थीती रहेको सुभाव चन्द्र भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रमनिधी ओझा (पिएन)लाई सम्मापन समेत गरिएको छ ।