धनगढी,१९ असोज । कैलालीको जानकी गाउँपालिकाबाट ९ जना जुवाडे पक्राउ परेका छन्।
शुक्रबार जानकी गाउँपालिका २ बढरिया स्थित धनबहादुर थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५४ वर्षीय जगत साउद सहित ९ जना जुवाडे पक्राउ परेका हुन्। उनीहरुको साथबाट नगद २१ हजार ७ सय ५ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बिहीवारपनि लम्कीचुहा नगरपालिका–२ मोतिपुरबाट ९ जना जुवाडे पक्राउ गरेको थियो ।
