धनगढी,१८ असोज । कञ्चनपुरमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका(१० विकासबस्ती बस्ने ३५ वर्षीय बल्लु राना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालतको २०७१ वैशाख २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएको थियो । रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।