धनगढी,१८ असोज । कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगी सहित ९ जुवाडे पक्राउ परेका हुन्।
बिहिबार इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नगद २७ हजार ७३० र ६ गड्डी ताससहित बरामद गरेको थियो ।
