धनगढी,१७ असोज । अछाममा एक सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ। बिहिवार जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ बर्षिय सरिता देवि जैशिको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति उनलाई सुत्केरी बेथा लागेको र स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा राति ३ बजे बाटोमै सुत्केरी भएकि सरिताको मृत्यु भएको हो।
बिच बाटोमै छोराको जन्म दिएकि उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना पुर्याईएको थियो र उनको उच्च रक्तश्राव भएपछि थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याएकोमा उनको बिहान १०स्१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
बाटोमै बच्चा जन्माएकी उनलाई समयमै अस्पताल पुर्याएको भए बचाउन सक्ने अवस्थामा भएपनि ढिलो गरि अस्पताल पुर्याएकाले बाटोमै मृत्यु भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अधिराज आचार्य बताए ।