• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीको जोरायलमा जमिन भाडामा लिएर बास्मती धान उत्पादन

धनगढी,१६असोज । डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा दिएको छ । परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ ।

परम्परादेखि नै विवाह, ब्रतबन्ध, चाडपव र मेलामा नाच गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुलाई यस पेशाबाट आम्दानी कम हुन थालेसँगै घर परिवार पाल्न समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराएको हो ।

जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहराका अनुसार विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणालीअन्तर्गत आर्थिक २०७५र०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपियाँ जमिनको भाडा बाफत दिइदै आएको छ ।

उपाध्यक्ष बोहराले भन्नुभयो, “नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडा बाफतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौं । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जमिन भाडामा दिने बारेको सम्झौता प्रत्येक तीन तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”

डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बास्मती पछिल्लो समय जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । जोरायल गाउँपालिका नायव सुब्बा चन्द्रबहादुर सार्कीले भन्नुभयो, “जोरायल गाउँपालिका वडा नं। ३ र ४ मा बसोबास गर्दै आउनुभएका २० घर परिवारमध्ये बादी समुदायका १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित हुनु भएको छ । आफ्नो जमिन नभएकाहरुले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”

गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रीबाट आम्दानी हुँदै आएको कटैनी देवी बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसै बाफत प्राप्त भएको अन्न ल्याएर खान्थ्यौं । घर परिवारको सङ्ख्या पनि बढ्दै जान थाले पछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिए पछि थोरै भए पनि राहत भएको छ । ”

पालिकाले उपलब्ध गराएको जमिनमा वर्षाको समयमा हंसराज बास्मती धानको उत्पादन हुँदै आएको छ, भने हिउँदको समयमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गर्दै हुने गरेको छ । सो क्षेत्रमा प्रति रोपनी तीन क्विन्टलसम्म धान उत्पादन हुँदै आएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बास्मतीलाई स्थानीय सहकारी मार्फत जिल्ला बाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।

बुधबार, असोज १६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.