• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम फुटबल सङ्घले गर्‍यो सह कप्तान अस्मितालाई कारबाही

यमुना साउद । धनगढी,६ असोज । सुदूरपश्चिम महिला फुटबल टिमकी सह कप्तान अस्मिता चौधरीलाई अनुशासनिक कारबाही गरिएको छ । सुदूरपश्चिम फुटबल सङ्घले उनलाई सुदूरपश्चिम महिला टिमबाट निलम्बित गरेको छ । सङ्घको निर्णय अनुसार, चौधरीले सङ्घको प्रतिष्ठामा धक्का पु¥याउने गतिविधिमा संलग्नता रहेको आरोप लगाइएको छ ।

जसले प्रदेश फुटबल सङ्घलाई बदनाम गर्ने र टिमका अन्य खेलाडीहरूलाई हतोत्साहित गर्ने काम गरेको आरोप समेत लगाइएको छ। सङ्घले यो कदमलाई खेलको मर्म र संस्थाको हितमा लिएको जनाएको छ। साथै चौधरीले विगतमा खेलमा गरेका योगदानलाई ध्यानमा राख्दै सङ्घले उनलाई भविष्यमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।

आफ्नो माग राख्दा कारबाही गरिएको सह कप्तान रहेकी अस्मिता चौधरीले बताएकी छन् । बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौँ लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग सङ्घमा राखेकी थिइन् । माग पूरा नभए सबैले नखेल्ने बताएकी थिइन् । पछि माग पुरा नभएपछि उक्त टिमले खेलेन् ।

अहिले उनले माग सहितको आवाज उठाउँदा, उनीमाथि अनुचित कारबाही गरिएको छ । चौधरीका अनुसार, खेलाडीहरूको हितका लागि कुरा राख्दा सङ्घले उनीप्रति यो निर्णय लिएको हो।
अहिले उनलाई सुदूरपश्चिम टिमबाट कारबाही गरेको भए पनि अरू खेलमा सहभागी हुन पनि अवरोध सिर्जना गरिएको छ । साथै
सुदूरपश्चिम फुटबल टिमकी कप्तान रहेकी अञ्जली चन्द्रलाई पनि अनुशासनिक कारबाही गरिएको बताइएको छ ।

के थियो विवाद ?
१६ भदौमा काठमाडौँमा महिला फुटबल लिग भयो । यस महिला लिगका लागि २६ खेलाडीलाई धनगढीको अल स्टार फुटबल एकेडेमीमा ९ साउनदेखि सुरज तामाङले प्रशिक्षण दिइरहेका थिए ।

आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रशिक्षकसँग बी लाइसेन्स हुनुपर्ने नियम बनाएपछि सुदूरपश्चिम फुटबल सङ्घले सुरज तामाङलाई हटाएर ९ भदौमा दिनेश लामा योञ्जनलाई प्रशिक्षक बनायो । नयाँ प्रशिक्षक ल्याएसँगै सुदूरपश्चिम प्रदेश फुटबल सङ्घले पहिलो चरणमा १८ खेलाडीलाई मात्र काठमाडौँ लगिने जानकारी गराएको थियो ।

जबकी एउटा टिममा ३० जना खेलाडी राख्न पाउने प्रावधान छ । तर नयाँ प्रशिक्षक ल्याएको सङ्घले पुनः खेलाडी छनोट गर्न खोजेको बुझेपछि खेलाडीहरूले विरोध गरेका थिए ।

उनीहरूले एक महिनादेखि प्रशिक्षण गराइरहेका सुरज तामाङलाई निरन्तरता दिनुपर्ने, बन्द प्रशिक्षणमा रहेका सबै २६ जनालाई नै काठमाडौँ लैजानुपर्ने, खेल सामग्री उपलब्ध गराउनुपर्ने माग सङ्घमा राखे । माग पूरा नभए सबैले नखेल्ने बताए । अध्यक्ष दिनेश श्रेष्ठ भने खेलाडीहरूलाई सुन्न तयार भएनन्, बरु नयाँ प्रशिक्षक दिनेश लामा योञ्जनले भदौ १४ गते सेलेक्सन राखे र नयाँ टिम बनाए ।

एक महिना प्रशिक्षण गरेका खेलाडीहरूले पत्रकार सम्मेलन गरेर नयाँ टोली र आफूहरूबिच एउटा खेल खेलाउन र जसले जित्छ, उसैलाई काठमाडौँ लैजान समेत आग्रह गरेका थिए ।

तर नयाँ टिम नै काठमाडौँ गयो । बाग्मतीविरुद्ध खेल्ने क्रममा २६ जनामा रहेकी गोलरक्षक टिकेश्वरी साउद मात्रै खेलिन् । बाँकी सबै नयाँ खेलाडी खेलाइएको थियो ।

नयाँ टिमलाई खेलाउँदाको परिणाम : सात खेल , ४६ गोल

एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको महिला टिमले सात खेलमा ४६ गोलको क्षति बेहोर्न बाध्य भएको छ। ती सबै खेलमा सुदूरपश्चिमको टिमले हार बेहोरेको छ।

भदौ १७ गते सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती यूथ क्लबसँग ५–१ को हार बेहो¥यो । खेल अवधिभर सुदूरपश्चिम निकै कमजोर देखिएको थियो । खेलाडीहरूबिच तालमेल समेत राम्रो थिएन ।

प्रशिक्षक दिनेश लामा योञ्जन पहिलो रोजाइको टिम नहुँदा धेरै गाह्रो भएको बताएका थिए । ‘टिम र सङ्घको विवादका कारण दुई दिनमा मैले यो टिम लिएर आएको हुँ’, पहिलो खेलपछि योञ्जनले भने, ‘पहिलो रोजाइको टिम भएको भए धेरै सहज हुने थियो ।’

फेरी भदौ २२ गते भएको एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको महिला टोलीको लज्जास्पद हार वेहोेर्याे । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि ९–० को फराकिलो जित हासिल गरेको थियो ।  फेरी भदौ २५ गते भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो ।

यस्तै एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार चौथो हार बेहोरायो । सातदोबाटोस्थित एन्फा खेल मैदानमा भदौ २८ गते शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४–० ले पराजित ग¥यो। फेरी भदौ ३१ गते भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो ।

आश्विन २ गते फेरी सुदूरपश्चिमले लगातार छैटौँ हार बेहोरेको छ। उक्त खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ३–० ले हरायो । असोज ५ गते भएको खेलमा पनि सुदूरपश्चिम हा¥यो । सङ्कटा फुटबल क्लबले सुदूरपश्चिममाथि ६–० गोल वर्षाएको थियो । यसको मुख्य कारण टिम र सङ्घको विवादका हो ।

यी खेलमा सुदूरपश्चिमको हारको मुख्य कारण पुरानो टिमका खेलाडीहरूको माग पूरा नगर्दा उनीहरूलाई खेलमा सहभागी नगराउनु हो । पछि सुदूरपश्चिम फुटबल सङ्घले नयाँ टिमलाई खेलमा सहभागी गराएको थियो । जसको कारण सुदूरपश्चिम फुटबल टिमले सात ओटै खेलमा पराजित हुन पुग्यो ।

आइतबार, असोज ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.