धनगढी , २१ भदौ । एन्फा महिला लिग फुटबल अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा पुलिस क्लबले दबाबमा राख्दै सुदूरपश्चिमलाई कुनै गोलको अवसर नदिएर सजिलै जित हात पारेको हो।
२०७८मा भएकाे खेलमा भने सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ३-२ गोलले पराजित गरेको थियो। यो खेल २०७८ साल फागुन १० गतेदेखि चितवनमा सुरु भएको थियो। उक्त टिमकाे कप्तान चन्द्रा भण्डारी थिइन् भने प्रशिक्षकमा राघवेन्द्र कार्की रहनु भएकाे थियाे ।
तर, आजको खेलमा सुदूरपश्चिमको हारको मुख्य कारण पुरानो टिमका खेलाडीहरूको माग पूरा नगर्दा उनीहरू खेलमा सहभागी भएका थिएनन् । पछि सुदूरपश्चिम फुटबल संघले नयाँ टिमलाई खेलमा सहभागी गराएकाे थियाे । जसकाे कारण अाज सुदूरपश्चिम फुटबल टिम पराजित हुन पुग्याे ।
महिला लिग फुटबलको अाजकाे चरणमा आएर नेपाल पुलिस क्लबले सुदूरपश्चिमविरुद्ध आफ्नो पुरानो हारको बदला लिँदै सुदूरपश्चिमलाई ठूलाे अन्तरले पराजित गरेको छ।