• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बाजुराको अर्गानिक स्याउ बजारमा

धनगढी,१७ भदौ । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ । यहाँका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर कर्णाली करिडोरको बाटो हुँदै कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको हो ।

कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ यती बेला त्यो सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ किसान मेघराज भट्टले बताए । गाउँमा उत्पादन गरेको स्याउले समयमै बजार पाउँन थालेपछि अहिले स्याउ बिक्री गरेर घरखर्च चलाउन निकै सहज भएको भट्टले बताए ।

गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको थियो । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकाले स्याउ कर्णाली करिडोरबाट कैलाली, नेपालगञ्ज र काठमाडौँ लगिएको छ ।

यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकामा झण्डै एक करोडभन्दा बढिको स्याउ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिकाको कृषि शाखाले जनाएको छ । बाजुराको सबैभन्दा बढि स्याउ उत्पादन हुने पालिका नै स्वामिकार्तिक खापर गाउँपालिका हो । यहाँका जेवाले, सैडेओ खुनका, लोकी र जोरुमा स्याउ राम्रो उत्पादन भएको छ ।

अहिले दुई ट्रक स्याउ कैलालीको लम्की बजारमा पुगेर धमाधम बिक्री भइरहेको छ । अझै ३० ट्रक स्याउ जिल्लाभन्दा बाहिर लिएर बिक्री गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख बिनोद शाहीले बताए । बाजुराको हिमाली, जगनाथ, बुढीनन्दा, गौमुल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुन्छ । सबै भन्दाबढी स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुन्छ ।

यहाँ स्याउ उत्पादनका लागि राम्रो उपयुक्त बाटो भएकाले यहाँका अधिकांश किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँ बढि स्थानीय जातको स्याउ उत्पादन हुन्थ्यो । अहिले गोल्डेन डेलिसिएस लगायतका बढि मूल्य पर्ने तथा स्वास्थ्यलाई पोषिलो हुने स्याउ समेत उत्पादन हुने गरेको छ । अन्य ठाउँमा विषादी प्रयोग गरेर स्याउ उत्पादन गरिएको हुन्छ ।

हाम्रो यहाँ गाई गोरु र भेडाको गोबरको मल प्रयोग गरिएर स्याउ उत्पादन गरेको हुन्छ ।”गत वर्षमा यहाँका स्याउ किसानलाई स्याउ बिक्रीमा ढुवानी अनुदान सहयोग गरेका थियौ । यो वर्ष हामीले स्याउ उत्पादन हुने सबै वडामा सेल स्टोर निर्माणमा सहगोग गरेकोले त्यो अनुदान दिन सकिन ।

यती बेला ठेकेदार आफै स्याउँ बारीमै आएर एक किलोको चालिस रुपियाँका दरलेस्याउ लिने गरेकाले पनि किसानलाई स्याउ बिक्रीमा निकै सहज भएको अध्यक्ष रोकायाले बताउनुभयो ।

सोमबार, भदौ १७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.