काठमाडौं, १६ भदौ / प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो देश भरका नगर एकाई समिति पुनर्गठन कार्यलाई तिव्रता दिएको छ । क्याम्पस विश्वविद्यालयमा दलगत विद्यार्थी संगठनको विकल्पको रूपमा विगत २९ वर्षदेखि निरन्तर एक स्वतन्त्र सामाजिक विद्यार्थी संगठनको रूपमा कार्य गर्दै आइरहेको विद्यार्थी परिषद्ले आफ्नो एकाई समितहरूलाई प्रभावकारी र चलयमान बनाउनका लागि हरेक वर्ष नगर समिति पुनर्गठन गर्न गर्ने गर्दछ ।
परिषद्ले त्यसै कार्य अनुरूप यस वर्ष पनि आफ्नो एक दिवसीय अभ्यास वर्गको माध्यमबाट देशभरको नगर एकाईहरूमा नयाँ नगर समित पुस्निर्माण कार्यलाई तिव्रता दिइरहेको विद्यार्थी परिषद्ले जनाएको छ । परिषद्का अनुसार हालसम्म ३५ वटा भन्दा बढी जिल्लाहरूमा आफ्नो एक दिवसीय अभ्यास वर्ग सम्पन्न गरी नयाँ एकाई समिति गठन गरिसकेको छ ।
परिषद्ले उक्त अभ्यास वर्गमा नयाँ विद्यार्थीहरूलाई संगठनको उद्देश्य , कार्य पद्धति, संगठनको रचनात्मक गतिविधि साथै क्याम्पस विश्वविद्यालयमा आवश्यकता र भूमिकाको विषयमा प्रशिक्षण दिँदै नयाँ नगर कार्यसमिति निर्माण गर्दै आइरहेको छ ।
२०५२ सालमा स्थापन भई शिक्षक, शिक्षाविद् तथा प्राध्यायापक र क्याम्पस विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको साझ संगठनको रूपमा निरन्तर विद्यार्थीहरूको माझ काम गरी रहेको विद्यार्थी परिषद्ले देशको समग्र शिक्षा क्षेत्रमा दलीय राजनीति भागबन्डा, हस्तक्षेप मुक्त क्याम्पस विश्वविद्यालय र असल विद्यार्थी, असल व्यक्तित्व तथा नेतृत्व निर्माण कार्यमा अनवरत रूपमा काम गरिएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिनु भयो ।
विद्यार्थी परिषद्ले विविध शैक्षिक गतिविधि, रचनात्मक क्रियाकलाप, सामाजिक कार्य, सेवा कार्य, विभिन्न किसिमका शैक्षिक सुधार अभियान गरिएको छ परिषद्ले महिला, जनजाति, कानुन, इन्जिनियरिङ, संस्कृति, स्वास्थ्य, पत्रकारिता लगायतका विषयहरू अध्ययन गरी रहेका विद्यार्थीहरूविच उनीहरूको क्षमता वृद्धि विकासका लागि विभिन्न किसिमका तालिम, गोष्ठि, सम्मेलनका तथा प्रशिक्षणको कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यीनै गतिविधिका लागि परिषद् हरेक वर्ष असारदेखि असोजसम्म आफ्नो सांगठनिक संरचनालाई मजबुत र चलायमान बनाउनका लागि नगर समिति र क्याम्पस एकाई समिति पुनर्गठन गर्ने गरेको परिषद्का महासचिव पंगेनीले बताउनु भयो ।