• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलारीमा भारतीय माछा र कुखुरा छ्यापछ्याप्ती

धनगढी ,१५ भदौ। कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती बजारबाट हुने चोरी तस्करी मौलाएको छ । खासगरी जिल्लाको कैलारी गाउँपालिकासँग जोडिएको भारतीय सीमा नाकाबाट माछा, ब्रोइलर कुखुरा र खाद्यन्नसहित बस्तुको अवैध चोरी तस्करी भइरहेको हो । चोरी तस्करी भई आएका भारतीय पंगास बैखारजलकपुर माछा, ब्रोइलर कुखुरा ग्रामीण भेगका मासु पसलहरुमा छ्याछ्याप्ती भेटिने गरेको छ ।

जसले गर्दा एकातिर आमउपभोक्ताहरु चोरी तस्करी भई आउने गुणस्तरहीन माछा र ब्रोइलर कुखुरा उपभोग गर्न बाध्य छन् भने, अर्कोतिर सस्तो मूल्यमा आउने ती गुणस्तरहीन भारतीय माछा र कुखुराले गर्दा स्थानीय माछा तथा कुखुरा उत्पादक किसानहरु मारमा परेका छन् ।

कैलालीको कैलारी गाउँपालिका ३ मा पोल्ट्री फार्म सञ्चालन गर्दै आएका किसान अशोक चौधरीले भारतीय बजारबाट चोरी तस्करी भई आउने कुखुरा र माछाका कारण आफूहरूको व्यवसाय नै धराप नै परेको बताउँछन् ।

उनले भने, ‘हामीले लाखौं लगानी गरी कुखुरा र माछा उत्पादन गर्छौ । तर चोरी तस्करी भई आउने सामानले हामी मारमा परेका छौँ । यस्तै अवस्था कायमै रहे व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भइरहेको छ ।’

स्थानीय किसानहरूले भारतीय बजारहरूसँग जोडिएका कैलारी गाउँपालिकास्थित मोहना नदीमा रहेको मोहनपुरघाट, खोनपुरघाट, पलियाघाटका साथै धनगढी उपमहानगरपालिकास्थित बौलिया, खेडा र आई गाउँघाट भई अधिक रुपमा तस्करी हुने बताएका छन् ।

कैलारी ४ का स्थानीय किसान टीकाराम चौधरीले प्रहरीकै मिलेमतोमा ओसार प्रसारमा संलग्न केही व्यक्तिहरू दिनहुँ ठुलो मात्रा भारतबाट अवैध कुखुरा र माछा भित्र्याउँदै आएको बताए । जसले गर्दा आफूहरू परेसान भएको उनको दुखेसो छ ।

बिओपी खोनपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक गन्डिव रसाइले आफूहरूले सकेसम्म सीमामा निगरानी बढाएको र केही मात्रा त्यस्ता सामान जफत गरी नष्ट समेत गर्दै आएको बताए । तर नियन्त्रणको लागि सबै पक्ष लाग्नुपर्ने उनको भनाइ थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले आफूले तत्काल ती नाकाहरुमा कडाइ गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिने बताए । संलग्नलाई कडा कारबाही गर्ने पनि प्रजिअ मिश्रको भनाइ थियो ।

यसैबिच कैलारी गाउँपालिकाका उपाध्यक्ष भागवती कुमारी चौधरीले प्रशासनसँगको समन्वयमा बजार अनुगमन पनि गरिने बताइन् । चोरी तस्करीले स्थानीय किसान र उपभोक्ताहरूमाथि खेलवाड भइरहेको बताउँदै उनले त्यसतर्फ आफूहरूको पनि ध्यानाकर्षण भएको बताइन् ।

शनिबार, भदौ १५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.