धनगढी, १४ भदौ/ स्थापना दिवसको अवसर पारेर महाबौद्ध मेडिकलले निशुल्क चेकजाँच गरेको छ । धनगढी तारानगरमा रहेको आमाको माया छात्रावासमा बस्ने विद्यार्थी लगायत अन्य ३३ जना गरी ५५ जना विद्यार्थीको निशुल्क चेकजाँच गरेको महाबौद्ध मेडिकलका सञ्चालक दिपक जोशीले जानकारी दिए ।
काठमाडौं आर्मी अस्पतालका वरिष्ठ छाला ,एलर्जी यौन रोग तथा सौन्दर्य विषेशज्ञ डाक्टर सुनिल शाक्यद्वारा आज महाबौद्ध मेडिकलले आफ्नो तेस्रो स्थापना दिवसमा उक्त सेवाको कार्य गरेको हो ।
महाबौद्ध मेडिकलका सञ्चालकले राति अबेरसम्म पनि चेकजाँच गरेर औषधी समेत उपलब्ध गराएर एकदमै ठूलो सहयोग गरेको आमाको माया छात्रावासका प्रमुख सुवास तामाङले जानकारी दिएका छन्।