धनगढी ११ साउन/धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको उपचारका क्रममा मृत्यु भएपछि आफन्त र अस्पताल प्रशासन बिच अहिले बार्ता भईरहेको छ । अस्पताल प्रशासन र आफन्त बिच बार्ता भईरहेको प्रहरी निरिक्षक उपेन्द्र बमले जानकारी दिएका छन् । प्रहरी सुरक्षाका कारण अस्पताल बाहिरको अवस्था सामान्यमा आइसकेको प्रहरी निरिक्षक बमले बताए ।
बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए । उनलाई समान्य जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । पहिलो दिन अवस्था सामान्य रहेको उनका मामा रामकृष्ण चौधरीले बताए । उनले भने “पहिलो दिन अवस्था सामान्य थियो, पछि उपचारकै क्रममा जटिल हुँदै गयो । अस्पतालमा बिरामी वास्ता पनि नगर्ने,फेरि उपचार पनि नगर्ने , आज अन्तिम अबस्थामा ४ बजे मुटुको उपचार गर्ने डाक्टर र यन्त्र उपकरण छैन अन्तै व्यवस्था गर्नुहोस भनेर रिफर गर्याे ।
नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् । परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि वास्ता उनको आरेप छ । यस्तै उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।