बैतडी ९ साउन/घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
बुधबार बिहान १० बजे घर नजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका बेला अनिता लडेर २०० मिटर तल खस्न गई र घटनास्थलमै मृत्यु भएको हो ।